कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु:  उम्मेदवार थापा

पाेखरा | मंसिर १, २०७९

कुमारजीले अघि सारेका योजना पुरा गर्ने दायित्व बोकेर आएको छु:  उम्मेदवार थापा

पोखराः   गण्डकी प्रदेश सभा सदस्य उम्मेदवार विन्दु कुमार थापाले आफुले कुमार खड्काले अघि सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 


पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नं. २(२) प्रत्येक्ष उम्मेदवार बनेका थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका वडा १६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै उक्त कुरा बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएको समेत उनले बताए । 


थापाले वडा १६ मा उर्लिएर आएको जनताको उत्साह र जोशले चुनाव जितको नजिक पुगेको अनुभव आफुले गरेको समेत बताए । उनले यस अघिको चुनावी रेसमा पार्टीले २०७४ सालको नतिजालाई हेरेर आफुलाई टिकट दिएको र त्यहि कुरालाई लिएर अहिले केहि व्यक्तिले गलत तरिकाले अफवाह फैलाएको समेत बताए । विन्दु थापा उम्मेदवार भन्दा पनि कांग्रेस उम्मेदवार भएको अभिव्यक्ति उनको थियो । कांग्रेसले जित्नु भनेको गठबन्धनले जित्ने विषय भएको उनले बताए । सोही क्रममा पछिल्लो समय निकै चर्चामा आएको कुमार खड्का र आफुबीचको बारेमा स्पष्ट पार्दै उनले निकै ठूलो अफवाह फैलाउने काम भएको बताए । 


‘कुमारजी र मेरो बीच धेरै अफवाह फैलाइयो । एउटै खाटमा सुत्दा ठोक्किन्छ नै । हामी बीच दुस्मनी छैन हामी मित्र हौं । उहाँ बौद्धिक व्यक्ती हुनुहुन्छ’, उनले भने,‘उहाँले (कुमार खड्का)यहाँ धेरै काम गर्नु भएको छ । उहाँले अघि सारेको योजनालाई पूरा गर्ने जिम्मा मेरो हो ।’ 


उनले बुधबार राति आफु घरदैलो कार्यक्रमको बेला गायक बस्तिमा गई फर्कने क्रममा आफुमाथि नियोजित तरिकाले दुव्र्यवहार भएको बताए । ‘ हामीले गायक बस्तिमा घरदैलो सकाएर आएका थियौँ । मेरो गाडी भएको ठाउँसम्म हिडेर गएका थियौँ साझँको करिब साढे सात बजेको थियो’ उनले, ‘म माथीठूलो दुर्ववहार भयो । हामी स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।’ उनले आफुमाथि पैसा दिएको भन्ने आरोप लागेको र कसैले एक हजार रुपैयाँमात्र बाडेको सप्रमाण देखाएमा आफुले तत्कालै राजनीतिबाट शन्यास लिने बताए ।
 

पोखरा:  नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब हङकङका अध्यक्ष सरोज गुरुङ (खम) ले आर्थिक सहयोग गरेका छन् ।    नेपाल...

थप पढ्नुहोस्

पोखराको फेवातालमा कार खस्दा एक युवकको मृत्यु भएको छ।   शनिबार बिहान पोखरा महानगरपालिका–६ पामेस्थित गैराकोचौतरा नजिकै कार अनियन्त्रित भई तालमा खस्दा चालकको ज्यान गएको हो।   मृत्य...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा प्लानिङ ब्याइज युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा फ्रेन्डस् क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै प्लानि...

थप पढ्नुहोस्